रूपन्देही । नेपाली कांग्रेसबाटै निर्वाचित रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खानले आफ्नै पार्टीबाट पर्यटन मन्त्री बनेका संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयको विरोध गरेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ गरेको भन्दै मेयर खानले भारतलाई मात्र दोष दिएर उम्कन नपाइने भन्दै कडा आलोचना गरेका हुन् ।
संविधान सभा सदस्यसमेत रहेका मेयर खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन ढिलासुस्ती र बहानाबाजी गरेको भन्दै अब त्यसरी उम्कन नपाइने जनाए ।
मेयर खानले विमानस्थल सञ्चालनको ढिलाइमा भारतलाई मात्र दोष देखाएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने र विमानस्थललाई पूर्ण क्षमतामा चलाउनका लागि ठोस कदम चाल्न र बहानाबाजी बन्द गर्न संघीय सरकारसँग माग गरे ।
विमानस्थल सञ्चालनमा देखिएको अन्योलले यस क्षेत्रको पर्यटन तथा आर्थिक विकासमा नकारात्मक असर पारेको भन्दै स्थानीय सरकार र जनतामा आक्रोश बढेको पनि उनले उल्लेख गरे ।

Leave a Reply