तुइनखोलामा सुख्खा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध 

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा सुख्खा पहिरो खस्दा बाटो पूर्ण रुपमा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ बजेर २० मिनेट जाँदा माथिबाट खसेको ठूला ठूला ढुङ्गा सहितको पहिरोले बाटो बन्द भएको हो ।

 

पहिरोका कारण अहिले चितवन भएर नारायणगढतर्फ जाने र मुग्लिन हुँदै चितवनतर्फ आउने सबै सवारी साधन रोकिएका छन् । ठूला ठूला ढुङ्गा खसेकोले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

 

चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालले डिभिजन सडक कार्यालयसँग समन्वय गरि पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए ।

 

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा पर्ने तुइनखोलाको सोही स्थानमा पहिरो हिजो साँझ स्कुटरबाट भरतपुर मुग्लिनतर्फ गएको स्कुटरमा ढुंगा खसेर लाग्दा चालक घाइते भएका थिए । भने शुक्रबार मुग्लिनतर्फ गएको ट्रकमा ढुङ्गा खसेर लाग्दा चालक गम्भीर घाइते भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *