राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका छन् ।

त्यसपश्चात् उनलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान  दिएका थिए। साथै राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए ।

राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित सङ्घीय संसद्का सदस्य, वाग्मती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेल, वाग्मती प्रदेशसभा सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकाल, महानगरउपप्रमुख मञ्जली शाक्य बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायत नगरवासीले स्वागत गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *