८४ को चुनाव रास्वपाको १९० सीट आउने देखेपछि कांग्रेस-एमाले आत्तिए: शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले ०८४ को चुनाव आफ्नो पार्टीको पक्षमा हुने दाबी गरेका छन्। मेलुङ शैलुङ–काठमाडौं सम्पर्क विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देशैभरी रास्वपाको माहोल बनेपछि कांग्रेस र एमालेले गाली गर्न थालेको टिप्पणी गरे।

उनले भने, ‘प्रधानमन्त्री, मन्त्री, सांसदहरू सबैले हामीलाई मात्रै गाली गर्छन्। सदनलाई हेर्दा यो देशको प्रमुख प्रतिपक्ष दल नै रास्वपा हो जस्तो भान हुन्छ। संख्याको हिसाबले हामी जम्मा २१ जना सांसद हो। त्यसमाथि रविजीलाई निलम्बित गरिदिएका छन्। एक जना उपसभामुख हुनुहुन्छ, बाँकी रहेको १९ जना। मुस्किलले ६ प्रतिशत सांसद। १९ जनामाथि यति गाली बर्सिन्छ याद गर्नुहोला।’

उनले देशको बेथितिको कारण राष्ट्रिय स्वतन्त्र पार्टी नै हो जस्तो गरेर कांग्रेस, एमालेका नेताहरू आफूहरूलाई गाली बर्साउने गरेको बताए।
उनले थपे, ‘अहिले कांग्रेस र एमालेको डर भनेको १९ को सट्टा ०८४ मा १९० आउने भए यिनीहरू भन्ने हो। १९ ले त यस्तो धौधौ पार्दछन् १९ ले त यस्ता अफ्ठयारा अप्ठ्यारा प्रश्न सोध्छन् १९० जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रतिनिधि सभामा हुँदा के हुन्थ्यो होलारु तीन महिना सरकारमा हुँदा बेचन झा समातिन्छ र सरकार गिर्छ।’

उनले आफू २० दिन शिक्षा मन्त्री हुँदा पनि कहिल्यै किताब समयमै नपुगेका कालिकोट र जाजरकोटमा समेत पुर्‍याएको दाबी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *