भूमि विधेयकमाथि छलफल गर्न बोलाइएको समितिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ । भूमि विधेकयमाथि छलफल गर्न बोलाइएको बैठक केही मिनेटमै स्थगित भएको हो।

बिहान १०ः३० बजेका लागि बैठक बोलाइएको भएपनि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी आन्तरिक छलफलमा व्यस्त भएपछि बैठक स्थगित गरिएको हो।

मन्त्री नै बैठकबाट बाहिरिएपछि समितिकी सभापति कुसुमदेवी थापाले समिति सदस्यहरूलाई भूमि सम्बन्धी सरकारले परिमार्जनहित प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गर्न निर्देशन दिइन्।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको परिमार्जित प्रतिवेदनको मस्यौदामा सांसदहरूले विरोध जनाएपछि भूमि मन्त्रालयले परिमार्जन गरेर अर्को मस्यौदा तयार पारी प्रस्तुत गरेको हो। भूमि विधेयकमा सत्तारुढ दल कांग्रेस एमालेबीच नै विमति छ।

एमालेले फास्ट ट्रयाकमा पारित गर्न खोजेपछि कांग्रेसको विमतिको कारणले समितिमा छलफलका लागि पठाइएको थियो। प्रतिनिधि सभामा बहुमतले पारित गरेपछि यो विधेयक छलफल गरेर साझा धारणा नबनाइ राष्ट्रियसभाबाट पारित हुने अवस्था छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *