काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा बैठक चलिरहेको नेता केशव झाले बताए ।
उनका अनुसार बैठकमा छलफलका लागि ८ एजेन्डा तय भएका छन् ।
बैठकको लागि पदाधिकारीको शपथग्रहण, समसामयिक राजनीतिक परिस्थिति, विगतका निर्णय कार्यान्वयनको समीक्षा, सङ्गठन विस्तार, विचार मिल्ने पार्टीसँग कार्यगत एकता र मोर्चा, सङ्घर्षको कार्यविधि, प्रशिक्षण र विविध एजेन्डा तय भएको छ ।
पार्टीले हालै अशोक राई नेतृत्वको जसपा नेपालसँग कार्यगत एकता घोषणा गरेको थियो ।

Leave a Reply