काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले माओवादीसँग एकता हुँदैछ भनेर चलेको चर्चा हल्ला मात्रै भएको बताएका छन् ।
हिजो बसेको सचिवालय बैठकले विभिन्न वामपन्थी पार्टीहरूसँग सहकार्य गर्ने र समाजवादी मोर्चालाई थप मजबुत बनाउने निर्णय गरेको भन्दै माओवादीसँग एकताको चर्चा मात्रै भएको बताए ।
उनले भनेका छन्, ‘हाम्रो पार्टीको हिजो बसेको सचिवालय बैठकले विभिन्न वाम पार्टीहरूसँग सहकार्य गर्ने र समाजवादी मोर्चालाई थप मजबुत बनाउने निर्णय गरेको हो । त्यसबाहेक हाम्रो पार्टीको सङ्गठन निर्माण र आन्दोलनका सम्बन्धमा आवश्यक अन्य महत्त्वपूर्ण निर्णय पनि गरेको छ ।’
अरू वाम पार्टीहरूसँग पार्टी एकता गर्ने पार्टी सचिवालयले कुनै पनि निर्णय, योजना र मनसाय प्रकट नगरेको बताए । हिजो बैठकलाई ब्रिफिङ गर्दै अध्यक्ष माधव नेपालले पनि अन्तरपार्टी सम्बन्धलाई सुदृढ गर्न र मोर्चालाई प्रभावकारी बनाउन माओवादीसँग छलफलमा गरिरहेको बताएका थिए ।

Leave a Reply