रुपन्देही-३ मा पार्टीको अवस्थाबारे अध्ययन गर्न नेकपा एसले बनायो मेटमणिको नेतृत्वमा कार्यदल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले रुपन्देही ३ मा पार्टीको अवस्था अध्ययन गर्नको लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनअघि पार्टीको समग्र वस्तुस्थितिबारे जानकारी लिनको लागि उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणी चौधरीको संयोजकत्व कार्यदल गठन गरेको प्रवक्ता प्रकाश ज्वालाले बताए।

उनका अनुसार कार्यदलमा केन्द्रीय कमिटीका सचिव सोमप्रसाद पाण्डे, प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज नन्द बञ्जाडे र जिल्ला अध्यक्ष हिराध्वज शाह रहेका छन्।

कार्यदललाई दश दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश समेत दिएको उनले बताए।

 

Comments

One response to “रुपन्देही-३ मा पार्टीको अवस्थाबारे अध्ययन गर्न नेकपा एसले बनायो मेटमणिको नेतृत्वमा कार्यदल”

  1. ksp pyl Avatar
    ksp pyl

    फेरि भनिदेउन चुच्चे नक्साको भाग भारतको हो लगिहाल्छ भनेर । कहाँबाट सञ्चालित त्यसै प्रमाणित हुदैन र ? फेरि संयोजक रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *