सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार हरिपुर्वा नगरपालिका–६ मा आज साँझ अज्ञात व्यक्तिहरूले गोली प्रहार गर्दा ४० वर्षीय रामपुकार यादवको मृत्यु भएको हो ।
उनलाई टाउकोमा गोली लागेको थियो। उनलाई उपचारको लागि जानकी हेल्थ केयर, पर्सा–महोत्तरी पठाइएको थियो।
अस्पतालमा डाक्टरको चेकजाँचपछि यादवलाई मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा राखिएको छ।
अहिलेसम्म पनि गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply