‘मार्सी थकाली’ मा पब्जी टिमसँग बालेनको भान्सा

काठमाडौं । मार्सी भन्ने वित्तिकै धेरैले दुर्गा प्रसाईं सम्झिन्छन् । प्रसाईंले आफ्नो घरमा दुई शीर्ष नेता केपी ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए ।

अहिले ‘मार्सी’ नामलाई थप ब्राण्डिङ गर्दै काठमाडौंमा एउटा रेस्टुरेन्टसमेत खुलेको छ । झम्सिखेलमा गत असारबाट सञ्चालमा आएको यो रेस्टुरेन्टमा आज काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह पुगे ।

उनीसँग एउटा दलबल नै थियो । बालेनका दुई अनन्य मित्रहरु कुमार बेन र भिक्टर पौडेल त्यहाँ छुट्ने कुरै भएन । साथमा थिए, नेपाली पब्जी खेलाडीहरु पनि मेयरसँग मार्सी चामलको खाना चाख्न पुगेका थिए ।

रुटिन अफ नेपाल बन्दका सञ्चालक पौडेलले डीआरएस गेमिङ नामक पब्जी टिमसमेत सञ्चालन गर्दै आएका छन् । विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको सो टिमका खेलाडीहरुलाई आज लन्च गराउनका लागि मार्सी थकाली लगिएको बुझिएको छ ।

मार्सी थकालीमा मेयरसहितले मार्सी चामलको भात, ढिँडो र अन्य अर्गानिक परिकारहरुको स्वाद लिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *