देउवा र विश्वप्रकाशले कांग्रेस प्रवेश गराएका फरार अभियुक्त यादवको सदस्यता भोलिपल्टै खारेज

काठमाडौं । नेपाली कांग्रेसले हिजो मात्रै पार्टी प्रवेश गराएका देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त भएको नेपाल प्रेसले खुलासा गरेपछि सदस्यता खारेज गरिएकाे हाे

हिजो सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीले यादवलाई पार्टीमा स्वागत गरेका थिए।

कांग्रेस मुख्यसचिव पौडेलले भने, ‘निज व्यक्ति उपर फौजदारी कानूनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ । साथै, कानूनी कारबाहीको प्रक्रिया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ ।’

यादव लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका छन् । उनको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा छ ।

पढौँ, यो पनि– असई थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई देउवाले कांग्रेसमा भित्र्याए

Comments

One response to “देउवा र विश्वप्रकाशले कांग्रेस प्रवेश गराएका फरार अभियुक्त यादवको सदस्यता भोलिपल्टै खारेज”

  1. ksp pyl Avatar
    ksp pyl

    मान्छे पाए भने यिनले विदेशीलाई पनि काँग्रेस बनाउछन् ।यिनलाई मान्छे भए पुग्छ । कस्तो हो, कहाँको हो हेर्नै पर्दैन । पार्टी सकिदै गयो । मान्छे प्रवेश त एकादेशको कथा हुने भो । भएभरका सबै छोडदै जान थाले ।अनि के गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *