काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विष्णु रेग्मीले पदबाट राजीनामा दिएका छन् । सीईओ रेग्मीले स्वास्थ्यको कारण देखाई पदबाट राजीनामा दिएका हुन् ।
उनकाे राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ । २०८० भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्ण दवाडीलाई समेत दिने निर्णय गरेको ।
पढौँ, यो पनि– १२ वर्षमै थला परेको नारायणी डेभलपमेन्ट बैंक– सुध्रिएन छवि, पुनः समस्याउन्मुख

Leave a Reply