काठमाडौ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट दरपीठ भएको छ ।
२०७७ पुस ५ को प्रतिनिधि सभा विघटनको बारे फागुन ११ मा भएको फैसलाको पूर्णपाठमा हस्ताक्षर नगरेकोमा राणको नाममा परमादेश माग गरेर रिट पेश भएको थियो ।
सो रिट आज सर्बोच्चका रजिष्टार मानबहादुर कार्कीले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेका हुन् ।
फैसला तयार तथा प्रमाणीकरणको कार्य न्यायिक प्रक्रियाको अंग भएकाले अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत सो रिट दर्ता हुन आएकाले दर्ता गर्न नमिल्ने आदेश उनले दिएका छन् ।


Leave a Reply