काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ १५ गतेसम्म तीन दिन मात्रै बस्ने भएको छ। आज सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीचको बैठकले बैठक बस्ने क्यालेन्डर तय गरेको हो।
प्रतिनिधि सभाको बैठक ४, ५ र ६ गते बस्ने तय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए। उनका अनुसार बैठकमा आगामी दिनको संसद् कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल केन्द्रित थियो।
उनले भने, ‘भदौको ४, ५ र ६ गते सभा सञ्चालन हुन्छ। त्यसपछि केही पर्वहरू परेकाले १५ पछि गर्ने कुरा भएको छ। ४ गते बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्छ।’
बैठकमा विभिन्न विधेयकहरूबारे पनि छलफल भएको बताए।

Leave a Reply