दाङ । लागूऔषध खैरो हेरोइनसहित दाङका युवक नेपालगन्जबाट पक्राउ परेका छन् ।
जिप्रका बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका ३ एकलाईनीबाट ४७ ग्राम ७ सय १० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का २८ वर्षीय वीरबहादुर विकलाई गए राति पक्राउ परेका हुन् ।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply