वामदेव गौतमसँग नेकपा एस भित्रिएका ३ पोलिटब्युरो र ९ जना बने केन्द्रीय सदस्य

काठठमाडौं । नेकपा नेकपा एकीकृत समाजवादीले वामदेव गौतमसँग पार्टी प्रवेश गरेका नेताहरुलाई जिम्मेवारी दिएको छ । गौतमलाई वरिष्ठ नेतसहित तेस्रो वरियता दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकले गौतमसहित १३ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय गरेको छ ।

गौतमसँग नेकपा एसमा आएका तुलसा थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाएको छ । ९ जनालाई केन्द्रीय सदस्य बनाएको छ ।

केन्द्रीय सदस्य बन्नेहरुमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई रहेका छन् ।

Comments

One response to “वामदेव गौतमसँग नेकपा एस भित्रिएका ३ पोलिटब्युरो र ९ जना बने केन्द्रीय सदस्य”

  1. ksp pyl Avatar
    ksp pyl

    के मिल्नु ? वामदेवलाई फुटाउन हतार भैसक्यो । माधवलाई वामदेव र झलनाथ मिलेर गलहत्याउलान भन्ने डर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *