हुण्डी कारोबारी प्रहरी नियन्त्रणमा, ६ करोडभन्दा बढी बरामद

काठमाडौं । प्रहरीले हुण्डी र क्रिप्टो करेन्सीका चार कारोबारीलाई नियन्त्रणमा लिएको छ । उनीहरूबाट ६ करोडभन्दा बढी रकम जफत भएको छ ।

बिहीबार पक्राउ पर्नेमा बारा, महागढीमाई नगरपालिका- ३ का २७ वर्षीय ओमप्रकाश जयसवाल, २५ वर्षीय मनमोहनकुमार सिंह, भारत, विहार प्रदेशको सीतामडी, बैरगनियाका ३३ वर्षीय विक्रम जयसवाल र भारतकै विहार, मोतिहारी, चिरहियाका ३३ वर्षीय मुन्ना जयसवाल हुन्।

उनीहरूलाई काठमाडौंको कालोपुलस्थितमा डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । १५ लाख ३३ हजार नगद बरामद भएको छ ।

उनीहरूको मोबाइल नियन्त्रणमा लिँदा थप ६ करोड ६ लाख ६३ हजार ६ सय ८७ रुपैयाँ एक पैसा बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गरेको खुल्न आएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *