काठमाडौं । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ ।
बस्तीमा डाेजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीकाे टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् ।साथै उनीहरुले डाेजरमा पनि ढुंगामुढा गरेर तोफोड गरेका छन् ।
महानगरकाे नगर प्रहरीकाे टाेली सुकुम्बासी बस्तीमा बनेकाे नयाँ बनेका घर टहरा हटाउन डाेजर लिए पुगेका थिए । साेही क्रममा सुकुम्बासी र नगरप्रहरीबीच तनावग्रस्त माहाेल बनेकाे छ ।
मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।
आक्रोशित भिडले नगरप्रहरी र प्रहरीमाथि आक्रमण गरेको हो । झडप हुन सक्ने सम्भावना भएपछि नेपाल प्रहरीकाे टाेली पनि सँगै गएका थिए । गत साउन ८ गते गाेरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिकाे जग्गामा बनेकाे संरचना हटाउन ७ दिनकाे समय दिएकाे थियाे । व्यक्तिकाे जग्गामा नयाँ संरचना बनेपछि महानगरले डाेजर चलाएकाे हाे ।

Leave a Reply