काठमाडौं । मनोहरामा रहेको सुकुम्बासी बस्तीमा बनेका घरहरु भत्काउन नगरप्रहरी पुगेको छ ।
काठमाडाैं र भक्तपुरकाे सीमाना पर्ने मनाेहरा खाेला किनारकाे सुकुम्बासी बस्तीमा बनेकाे नयाँ घरहरुमा महानगरले डाेजर चलाएर अवैध संरचनाहरु भत्काएकाे हाे ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली मनोहराको सुकुम्बासी बस्तीमा पुगेका थिए ।
सुकुम्बासी बस्तीमा बनेको घरहरु भत्काउन नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेका छन् ।
नगरप्रहरीले खोला किनारमा बसेको सुकुम्बबासीहरुको घर टहरामा डोजर चलाएको छ । नेपाल प्रहरीकाे टाेली पनि सुरक्षाकाे लागि पुगेकाे छ ।
मनोहरा काठमाडौं महानगरपालिकाको ३२ नम्बर वडामा पर्छ । मनोहरा खोलाको बहाब परिवर्तनको कारण भक्तपुरमा देखिएको छ । तर यर्थाथ चाहिँ काठमाडौं महानगरपालिका भित्र पर्छ ।
नोपल सरकारको स्वीकृत डीपीआर अनुसार मनोहरा खोलाको जुन बाक्लो बस्ती बसेको छ त्यो बीचबाट बस्तीबाट मनोहरा खोला बग्छ । त्यो बस्तीदेखि उता भक्तपुर हो । यता काठमाडौं भएकाे मनोहरा जग्गा आयोजनाका कानुन अधिकृत मनोज कटुवालले जानकारी दिए ।



Leave a Reply