पौडीका कीर्तिमानी खेलाडी प्रारम्भ भण्डारीसहित ४ सदस्यीय टोली रोमानिया प्रस्थान

काठमाडौं । अन्तर्राष्ट्रियस्तरको पौडी प्रतियोगितामा सहभागी हुने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले बिदाइ गरेको छ । विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन २ पुरुष खेलाडीलाई बिहीबार बिदाइ गरिएको हो ।

४ सदस्यीय नेपाल पौडी टोली शुक्रवार रोमानियाको ओटोपेनी जाँदैछ । अगस्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

इर्भिनले ५० मिटर फ्रिस्टायल र ५० मिटर ब्रेस्टस्ट्रोक तथा प्रारम्भले ५० र १ सय मिटर ब्याकस्ट्रोकमा खेल्ने पौडी संघले जनाएको छ । १ सय र २ सय मिटर ब्याकस्ट्रोकमा प्रारम्भको नाममा राष्ट्रिय कीर्तिमान कायम भइसकेको छ ।

टिम अफिसियलमा रविन श्रेष्ठ र गीता सिवाकोटी छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *