रुपन्देही । रास्वपाले रुपन्देहीको आजदेखि भैरहवामा तीन दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्न लागेको छ । रुपन्देही ३ को उपनिर्वाचन तयारीमा जुटेको रास्वपाले यो प्रशिक्षणलाई पनि यही क्षेत्रमा राखेर सबै शीर्ष नेताहरुलाई जुटाएको हो ।
रास्वपा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले आज साउन २९, ३० र ३१ गते गर्ने प्रशिक्षण कार्यक्रम गर्ने भएको जनाइएको छ ।
पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठलगायतले पार्टीको सबलीकरण, रुपन्देही क्षेत्र नम्बर तीनको उपनिर्वाचन, सदस्य वृद्धिलगायत विषयमा प्रशिक्षण दिने रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले जानकारी दिए ।
उक्त प्रशिक्षणमा पार्टी प्रदेश समिति, सल्लाहकार, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, प्रदेश विभागका सदस्यलगायतको सहभागिता रहने छ । प्रशिक्षण तयारी अन्तिम चरण पुगेको उनले बताए।
२९ गते सबै जिल्लाको सभापतिहरुको बन्द शिविर हुनेछ भने ३० र ३१ गते प्रदेशका सबै जिल्लाका पालिका पदाधिकारी तथा प्रदेश कमिटीका सदस्यहरुबीच प्रशिक्षण हुने पाठकले जनाएका छन् । रुपन्देही ३ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर रास्वपाले यस्ता कार्यक्रम यही केन्द्रित गरेको छ । यसअघि पार्टीको संसदीय दलको बैठक रुपन्देहीमै बसेको थियो ।
को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबार बिहानबाट भैरहवामा सुरु हुँदैछ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार र शनिबार भैरहवाको गल्लामण्डीस्थित दरबार ब्यांक्वेटमा शुक्रबार बिहान १० बजेबाट सञ्चालनमा हुने प्रशिक्षणमा सहभागिताका लागि केन्द्रीय नेताहरू यहाँ आइपुगेका छन् ।
कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनीष झा, महामन्त्री कविन्द्र बुर्लाकोटी, पूर्व मन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य तोषिमा कार्की, क्रान्तिशिखा धिताल, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा सहमहान्त्री विपिनकुमार आचार्यलगायतले पार्टी सबलीकरण, रुपन्देही–३, को उप निर्वाचन र सदस्यता वृद्धिलगायत विषयमा प्रशिक्षण दिनेछन् ।
रुपन्देही–३ को उपनिर्वाचनका लागि जिल्लाका ९ जना आकांक्षीलाई प्रारम्भिक सूचीमा राखेको रास्वपाले प्रशिक्षणबाट चुनावी रणनीति र योजना तयार गर्ने जनाइएको छ । अहिले पार्टीले उम्मेदवार आकांक्षीलाई कार्यक्षेत्रमा खटाएर चुनावी रणनीति र जीतको आधार तयार गर्न खटाएको छ ।

Leave a Reply