काठमाडौं । आजदेखि सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले शुक्रबार पहिलो खेल खेल्दैछ । अस्ट्रेलियाको डार्बिनमा जारी सिरिजमा नेपाल र घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकबिचको खेल भोलि दिउँसो सवा २ बजेबाट सुरु हुनेछ ।
समूह चरणमा ६ खेल खेल्ने दुवै टोलीले पहिलो खेल खेल्न लागेका हुन् । नेपाल सिरिजमा पहिलोपटक भाग लिँदा टेरिटोरी चौथो पटक खेल्न लागेको हो । आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा नेपालले पहिलोपटक उक्त सिरिज खेल्न लागेको हो ।
उक्त टोली सन् २०२२ देखि टप एन्ड टी–२० क्रिकेट सिरिज खेल्दै आएको छ । २०२२ मा ग्रुप चरणबाट बाहिरिएको उक्त टोलीले २०२३ मा उपाधि जितेको थियो । २०२४ मा भने सेमिफाइनलबाट बाहिरिएको थियो । चौथोपटक खेल्न लागेको स्ट्राइकको टोलीमा अष्टे«लियाको सिनियर टोलीबाट खेलेका डार्सी शर्टदेखि घरेलु क्रिकेटमा शानदार प्रदर्शन गरेका जेक वेदरल्ड समावेश छन् ।
डार्सीले अष्ट्रेलियाको सिनियर टोलीबाट खेलिसकेका छन् । ओपनिङ ब्याटर शर्टसँग इन्डियन प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग (बिबिए) सहित विश्वका धेरै चर्चित फेन्चाइच लिग खेलेको अनुभव पनि छ ।
अष्ट्रेलियाको सिनियर टोलीबाट ८ ओडिआई र २३ टी—२०आई खेल खेलिसकेका छन् । उनले ८ ओडिआइृमा २११ रन र २३ टी–२०आईमा ६४२ रन बनाएका छन् । उनले सन् २०१८ देखि २०२० सम्म अष्ट्रेलियाको सिनियर टोलीबाट खेलेका थिए । शर्टले टप एन्ड टी–२० को अघिल्लो संस्करणमा सर्वाधिक रन बनाएका थिए ।
३० वर्षीय टप अर्डर ब्याटर जेक अष्टे«लिया ‘ए’ टिमबाट खेलिसकेका उत्कृष्ट खेलाडी हुन् । अष्ट्रेलिया ‘ए’ टिमबाट गत जुलाईमा भएको श्रीलंका ‘ए’ बिरुद्धको सिरिजमा जेकले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले एक खेलमा १८३ रन र अर्काे खेलमा ५४ रन प्रहार गरेका थिए । उनले ७३ फष्ट क्लास क्रिकेटमा ५०२१ रन, ४९ लिष्ट ए क्रिकेटमा १५७४ र ९८ टि–२० क्रिकेटमा २३२४ रन बनाएका छन् ।
सन् २०१३ देखि २०२३ सम्म अष्ट्रेलियाको सिनियर टोलीबाट खेलेका ३४ वर्षीय केन रिचर्डसन पनि स्ट्राइकको टोलीमा छन् । उनले अष्ट्रेलियाका लागि २५ ओडिआईमा ३९ विकेट र ३६ टी–२०आईमा ४५ विकेट लिएका छन् ।
उनले आइपिएलको ४ वटा सिजन खेलिसकेका छन् । यसबाहेक उनले दर्जन बढी फेन्चाइज लिग खेलिसकेका छन् । उनीसँग अष्टे«लियाको ‘ए’ टिम र उमेर समूहमा पनि खेलेको अनुभव छ ।
अष्टे«लियाको यु–१९ टोलीबाट खेलिसकेका टम एन्ड्रयूज वेष्ट इन्डिज र भारतको ए टिमसँग खेलिसकेका छन् । ३० वर्षीय टमले १७ फष्ट क्लास क्रिकेटमा ६१६ रन र ३४ विकेट, ३६ लिष्ट ए क्रिकेटमा १४८ रन र ३९ विकेट तथा १७ टि–२० क्रिकेटमा ९८ रन र १३ विकेट लिएका छन् ।
युवा क्रिकेटर टम मेन्जीज पनि नेपालविरुद्ध खेल्ने टोलीमा छन् । मेन्जीज अष्ट्रेलियाको यु–१९ टोलीबाट खेलिरहेका छन् । १९ वर्षीय मेन्जीज २०२३ को सेप्टेम्बरमा इग्ल्याण्डविरुद्ध खेलेका थिए । उनले टप एन्ड टी–२० क्रिकेटको गत वर्षको संस्करण पनि स्ट्राइकसँग खेलेका थिए ।
यसबाहेक पनि स्ट्राइकबाट उत्कृष्ट प्रदर्शन गरिरहेका हामिश मार्टिन, जेकब डिकम्यान र बिग ब्यास लिगका १२ संस्करण खेलिसकेका ३३ वर्षीय जोर्डन सिल्क पनि टोलीमा छन् । हामिशले अघिल्लो संस्करणमा ७ खेलबाट १० विकेट लिएका थिए । जोर्डनले फष्ट क्लास क्रिकेटमा ५ हजार ८५९ रन बनाइसकेका छन् ।
सिरिजमा नेपाल र स्ट्राइकसहित बंगलादेश ‘ए’, मेलवार्न स्टार्स एकेडेमी, मेलवर्न रेनेगेड्स एकेडमी, होर्बट हरिकेन्स एकेडेमी र पाकिस्तान शाहिन्सा सहभागी छन् ।
नर्दन टेरिटोरी स्ट्राइकको टोली
डार्सी शर्ट, केन रिचर्डसन, आर्ची म्याककोर्मिक, क्याडेल म्याकमोहन, चार्ली स्मिथ, कोनर क्यारोल, हामिश मार्टिन, जेकब डिकम्यान, जय अलम्यान, जेक वेदरल्ड, जोर्डन सिल्क, म्याट ह्यामन्ड, साम एल्डर, टम एन्ड्रयूज र टम मेन्जीज ।

Leave a Reply