रुपन्देही । नेकपा (एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरधारिलाल न्यौपानेले आगामी कार्यकालमा पनि पार्टी अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् ।
एमाले शिवराज नगर कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको कार्यकारी पदमा ल्याउने चर्चा अस्वस्थ राजनीतिक अभ्यास हुने तर्क गरेका छन्। संवैधानिक निकायको प्रमुख भइसकेको व्यक्ति पुनः पार्टी नेतृत्वमा आएर सक्रिय राजनीतिमा प्रवेश गर्नु सही अभ्यास होइन भन्ने एमालेको धारणा रहेको उनले बताए ।
‘पूर्वराष्ट्रपतिलाई पार्टीको मात्र नभई राष्ट्रकै अभिभावकको रूपमा रहने जिम्मा एमालेले दिएको हो उहाँको भूमिका राजनीतिक दलको प्रत्यक्ष गतिविधिभन्दा बाहिर रहँदा नै निष्पक्ष र सम्मानित हुन्छ’, उनले भने ।
अध्यक्ष ओलीको नेतृत्वमा एमाले अझ मजबुत हुँदै मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउने लक्ष्यका साथ अघि बढ्ने न्यौपानेले बताए ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य साधुराम खनाल, प्रदेश सदस्यहरु नेत्रराज अधिकारी, अर्जुन कुमार केसी, लंक हमाल, डम्बर शर्मा, शिवकुमारी चौधरी, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, कपिलवस्तु जिल्ला सचिव चन्द्रबहादुर गहतराजलगायतले सम्बोधन गरेका थिए ।
बैठकमा अन्तरपार्टी निर्देशन, विधान संशोधन सम्बन्धि सुझाव संकलन, वडा तथा टोल कमिटीको रिपोर्टिङलगायतका विषयमा छलफल भएको थियो ।
कांग्रेस नेता केसीसहित एमाले प्रवेश
बिहीबार नै एमाले प्रवेश गरेका नेपाली कांग्रेसका कृयाशील सदस्य हिम केसी र बसन्ता पाण्डेलाई नेता गौतमले स्वागत गरेका छन् । प्यूठानमा विभिन्न संघसंस्थामा आवद्ध र मिडिया स्थापनामा योगदान गुर्याएका केसी पछिल्लो २ वर्षयता शिवराज नगरपालिका १ नम्बर वडामा बस्दै आएका छन् ।

Leave a Reply