राजेन्द्र श्रेष्ठको आरोप- उपेन्द्र यादवको अधिनायकवादी शैलीकै कारण जसपा नेपाल ६ टुक्रा भयो (भिडिओ)

काठमाडौं । जसपाका नेता राजेन्द्र श्रेष्ठले उपेन्द्र यादवको अधिनायकवादी शैलीकै कारणले जसपा नेपाल ६ टुक्रा भएको टिप्पणी गरेका छन्।

राष्ट्रिय मुक्त पार्टीसँग कार्यगत एकता घोषणा सभामा बोल्दै उपेन्द्र यादवको एक्लै हिँड्ने शैलीको कारणले पार्टी नटिकेको जिकिर गरे।

उनले भने, ‘सहकार्य गर्दै जाँदा एकताको आधार तयार हुन्छ। त्यसैले हामीले सहकार्यबाट सुरु गरेका हौँ। त्यसलाई मोर्चाबन्दी गर्दै अहिले हामीले राजेन्द्र महतोसँग सहकार्य थालेका हौँ। यो कुरा ठिक हो। यो विगतको अनुभवको शिक्षा पनि हो।’

उनले बाबुराम भट्टराई, उपेन्द्र यादव र महन्थ ठाकुरबीच विगतमा हतारिएर एकता गर्दा टिक्न नसकेको पनि सुनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *