प्रधानमन्त्री ओलीलाई प्रचण्डको कटाक्ष- हावा गफ दिँदा जे बोले पनि हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले धरातल छाडेर हावादारी गफ दिएको टिप्पणी गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको हावादारी गफले देश बर्बाद भइरहेको आरोप लगाए ।

हिजो सदनमा प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले एक वर्षमा गरेको कामको फेहरिस्त सुनाएका थिए ।

त्यसको जवाफ दिँदै प्रचण्डले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ। यथार्थ धरातलमा के छ भन्ने कुरा सबै जनतालाई थाहा छ। उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ। त्यसले गर्दा पनि देश बर्बाद भएको छ।’

Comments

One response to “प्रधानमन्त्री ओलीलाई प्रचण्डको कटाक्ष- हावा गफ दिँदा जे बोले पनि हुन्छ”

  1. ksp pyl Avatar
    ksp pyl

    विदेशीको दलाली गरेजस्तो त छैन नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *