तुइनखोलामा चलिरहेको ट्रकमाथि खसेको ढुङ्गाले लागेर गम्भीर घाइते भए चालक

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको तुइनखोलामा चलिरहेको ट्रकमा माथिबाट खसेको ढुङ्गा लागेर ट्रक चालक गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको भारतीय नम्बर प्लेटको के ए ४३६८५६ नम्बरको ट्रकमा माथिबाट खसेको ढुङ्गा लागेर ट्रक चालक भारत ब्याङ्लोर बस्ने वर्ष ४५ का मेगु प्रसाद गम्भीर घाइते भएका हुन् ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार उनको टाउकोमा चोट लागेको छ । इच्छाकामना ६, तुइनखोलामा पर्ने उक्त स्थानमा खसेको ढुङ्गा लागेर ट्रकमा यात्रा गरिरहेका अन्य दुई जना पनि घाइते छन् ।

घाइते हुनेमा भारत ब्याङ्लोर घर भएका २१ वर्षका नहमान धुनियाँ र चालकका छोरा १८ वर्षका सयद अफिद छन् । उनीहरु दुबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको डिएसपी खनालले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *