मल किन्न पुग्दो पैसा छैन : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न प्रयाप्त बजेट नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले मलमा अत्यधिक अनुदान रहेका कारण उपलव्ध बजेटले सम्बोधन गर्ने गरि मल ल्याउन कठिन भएको बताए । उनले अहिले युरिया मलमा ८२ प्रतिशत, डिएपीमा ८४ र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको जानकारी दिए ।

हाल वार्षिक मलको माग १३ लाख टन रहेकोमा चालू आर्थिक बर्षमा ६ लाख टन आपूर्ति गर्ने मन्त्रालयको योजना रहेको उनले बताए । खरिद गरि ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रमा प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

मन्त्री अधिकारीले आफु मन्त्रालयमा आएपछि मल आपूर्तिलाई सहज बनाउन प्राथमिकताका साथ काम गर्दै आएको जिकिर गरे ।

उनले मलको आपूर्ति तथा बितरण कार्यलाई सहज बनाउन कानूनी तथा प्रक्रियागत कार्यलाई सहज बनाइएको र समयमा नै मल ल्याउन सार्वजनिक खरिद नियमावलीमा उचित व्यवस्था गरिएको धारणा राखे ।

 

Comments

One response to “मल किन्न पुग्दो पैसा छैन : मन्त्री अधिकारी”

  1. ksp pyl Avatar
    ksp pyl

    पहिला ल्याएको मल त चोरी गर्न नदिई बाँड । अनि पैसा पुगे नपुगेको कुरा आउँछ । सहकारीले व्यक्तिलाई बेचेर व्यक्तिले महंगोमा बेचेका छन् । ध्यान त्यता छैन । खाली पैसाको मात्र कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *