काठमााडौं । काठमाडौंस्थित पाकिस्तान दूतावासले ७९ औं स्वतन्त्रता दिवसका अवसरमा झण्डात्तोलन कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालस्थित पाकिस्तान दूतावासमा बिहीबार आयोजित उक्त स्वतन्त्र दिवस विशेष कार्यक्रममा राजदूत अब्रर एच हस्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए । पाकिस्तानी समुदाय, नेपालीहरु र दूतावास कर्मचारीहरु सम्मिलित स्वतन्त्रता दिवस मार्क ए हकको विजयोत्सवको रुपमा मनाइएको थियो । मार्क ए हक एक डकुमेन्ट्री जहाँ पहलगाम तनावबारे वर्णन गरिएकाे छ ।
स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति असिफ अलि जरदारीले एक सन्देश जारी गर्दै स्वतन्त्रता दिवस साहस, एकता र बलिदान जसले पाकिस्तानको सिर्जना गरेको स्मरण भएको बताए । उनले संस्थापक क्वाड इ अजम मोहम्मद अलि जिन्नाहलगायत प्रति सम्मान पनि दर्शाएका छन् ।
त्यस्तै, प्रधानमन्त्री मोहम्मद सहबाज सरिफले आफ्नो सन्देशमा बितेका ७८ वर्षले दृढता, दरिलो विश्वास र उज्यालो भविष्यकाे आशाको निम्ति देशका सपूतहरुले भोगेको अनिगिन्ती चुनौतीहरुको कथा भन्ने बताए । यसबाहेक पाकिस्तानले प्रत्येक क्षेत्रमा सफलता र उन्नतिको कोशेढुंगाका श्रृंखलाहरु हासिल गरेको पनि उनले उल्लेख गरे ।
उक्त अवसरमा उपप्रधान एवम् विदेशमन्त्री मोहम्मद इशाक दरले भने, ‘आज मार्का ए हकको जितको उत्सव पनि मनाउँछौं, जहाँ पाकिस्तानले सैनिक र कूटनैतिक क्षेत्रमा तीव्र विकास गरेको थियो ।’
कार्यक्रममा राजदूत हास्मीले सन् १९४७ को ऐतिहासिक संघर्ष र राष्ट्रका पुस्ताहरुले गरेको बलिदानप्रति सम्मान व्यक्त गरेका थिए । उनले विशेषगरी नेतृत्वको र पाकिस्तानी सेनाको जसले मार्का ए हकमा भारतीय सेनालाई पछि पार्न सफल भएको थियो त्यसप्रति सम्मान जनाए ।
१९४७ अगस्ट १४ मा भारतबाट पाकिस्तान अलग भएर स्वतन्त्र राष्ट्रकाे अस्तित्वमा आएकाे थियाे ।


Leave a Reply