रामहरिको राजीनामापछि राप्रपाको प्रश्न- नियतवस् गरेको भएपनि राजीनामा दिएर पुग्छ ? (भिडिओ)

काठमाडौं । राप्रपाका ध्रुवबहादुर प्रधानले नैतिकताको आधारमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएर संसद्को गरिमा बढेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कसैले नियतवस् गरेको हो भने राजीनामा दिएर पुग्छ कि पुग्दैन ? भन्दै प्रश्न गरे।

उनले भने, ‘नैतिकताको आधारमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले राजीनामा दिनुभएको छ। राजीनामा दिएकै आधारमा सबै कुरा सम्पन्न हुन्छ कि हुँदैनरु नियमवस् कुनै प्रलोवनमा गरिएका कुरा भए नैतिकता देखिएर राजीनामा दिएर पुग्ने हो कि होइन ? नियतवस् गल्ती गर्ने व्यक्ति सजायको भागी भएन भने यो प्रक्रियामा जति पनि सांसदहरू हुनुहुन्छ कुनै न कुनै कारणवस् राजीनामा दिने अवस्था आउँछ।’

उनले भिजिट भिसा प्रकरणमा आफूहरूले सकारात्मक सोचका साथ छानबिन समिति माग गरेको बताए। आफूहरूको मागअनुसार छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद् बहिष्कार गरिरहने पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *