बुहारी भित्र्याउँदै सचिन तेन्दुलकर, सानीया चन्दोकसँग अर्जुनले गरे ईंगेजमेन्ट

मुम्बई । क्रिकेट लेजेन्ड सचिन तेतेन्दुलकर चाँडै ससुरा बन्ने भएका छन् । उनका छोरा अर्जुन तेन्दुलकरले एक गोप्य समारोहमा हिजो ईंगेजमेन्ट गरे । सानीया चन्दोक नामक युवतीसँग अर्जुनको बिहे हुने भएको हो ।

एनडीटीभीका अनुसार ईंगेजमेन्ट कार्यक्रममा दुवै पक्षका निकट परिवार र साथीहरू मात्र सहभागी थिए । यद्यपि, अर्जुन तेन्दुलकर र सानीया चन्दोकका परिवारबाट कुनै आधिकारिक बयान आएको छैन ।

इन्डिया टुडेको एक समाचार अनुसार सानीया मुम्बईका प्रख्यात व्यवसायी रवि घाईकी नातिनी हुन् । घाई परिवार आतिथ्य र खाद्य उद्योगमा आफ्नो सेवा र इन्टरकन्टिनेन्टल होटल तथा ब्रुकलिन क्रिमरीको स्वामित्वका लागि प्रसिद्ध छ ।

अर्जुन तेन्दुलकर एक बायाँहाते तीव्र गतिका बलर हुन् । उनी बुवाजस्तो सफल भने बन्न सकेनन् । अर्जुनले घरेलु क्रिकेटमा गोवाको प्रतिनिधित्व गर्छन् । उनले १७ प्रथम श्रेणी खेलमा ३७ विकेट लिएका छन् भने ५३२ रन बनाएका छन् ।

त्यस्तै, २४ टी–२० खेलमा २७ विकेट र ११९ रन बनाएका छन् । १८ एकदिवसीय (लिस्ट ए) खेलमा उनले २५ विकेट र १०२ रन जोडेका छन् ।

अर्जुनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सबाट खेल्दै आएका । उनले २०२३ मा आईपीएल डेब्यू गरेका थिए, जहाँ उनले चार खेलमा तीन विकेट लिए । उनको पहिलो आईपीएल विकेट सनराइजर्स हैदराबादविरुद्ध भुवनेश्वर कुमारको थियो ।

२०२४ सिजनमा उनले एक मात्र खेलमा मौका पाए तर विकेट लिन सकेनन् । मुम्बई इन्डियन्सले उनलाई २०२४ सिजनका लागि रिटेन गरेको थियो भने मेगा अक्सनमा ३० लाख भारतीय रुपैयाँमा किनेको थियो । यो समाचारले अर्जुनको व्यक्तिगत र व्यावसायिक जीवनलाई थप चर्चामा ल्याएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *