युक्रेनसँग युद्धविराम नगरे रुसले गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले युक्रेनसँग युद्धबिराम नगरे निकै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तय भएको संवादअघि वासिङटन डिसीमा पत्रकारसँग कुरा गर्दै उनले निकै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।

ट्रम्पले भने–कस्तो प्रकारको परिणाम भन्ने कुरा अहिले मलाई भन्न नलगाउनुस् । तर यति भन्छु युद्धविराम नगरे रुसले गम्भीर परिणाम भोग्नेछ ।

ट्रम्प र पुटिनबीच १५ अगस्टमा वार्ता हुने तय भएको छ । यो वार्तामा युद्ध अन्त्य गर्नेबारे छलफल हुने अनुमान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *