कैलाली कारागार घटनापछि सीडीओ गृह तानिए, कैलालीमा लम्साल आउने

कैलाली । शुक्रवार कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणको घटनापछि जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जिम्मेवारीबाट हटाएको छ ।

गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई हटाएर उनको ठाउँमा दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाउने निर्णय गरेको छ ।

बुधवार गृहमन्त्री स्तरीय निर्णयबाट कैलालीका सीडीओको जिम्मेवारी खोसिएको हो ।

साउन २४ गते राति कैलाली कारागारमा भएको हिंसात्मक झडपमा धनगढीका भरत चौधरीको मृत्यु भएको थियो ४८ जना घाइते छन् ।

केही दिनदेखि कारागारमा झडप भइरहँदा समस्या समाधानमा चासो नदिएको, अनधिकृत ढङ्गले कैदीबन्दी सरुवा गरेको , कैदीबन्दिबाट मोबाइल जफत गरेपनि त्यसको छानबिन नगरेको, तत्कालीन जेलर वसन्त खत्रीमाथि छानबिन नगरेको लगायतको गम्भीर आरोप उनी माथि थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *