लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी करिब १७ रुपैयाँ

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षमा बैंकले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशत बढी हो । त्यसबेला बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद फि तथा कमिसन आम्दानी १०.०५ प्रतिशत बढ्दा खुद ब्याज आम्दानी ७.९९ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी पनि १.५४ प्रतिशत घटेको छ ।

बैंकको सञ्चालन मुनाफा ३८.५५ प्रतिशत बढेको छ भने बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ । जस अनुसार बैंकको लाभांश क्षमता १२.३४ प्रतिशत देखिन्छ ।

चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ ।

गत आवको चौथो त्रैमाससम्म बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ४.२५ प्रतिशत छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *