काठमाडौं । गृहमन्त्री रमेश लेखकले रवि लामिछानेको कारागार सरुवा प्रक्रियामा रहेको बताएका छन्। कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा बोल्दै कैदीलाई कारागार सरकारले सार्ने बताए।
उनले भने, ‘तर जुन अदालतमा मुद्दा चलिरहेको छ, त्यो अदालतले अनुमति दिने कुरा हो। उहाँबारे अदालतको पनि अनुमति छ। निवेदन पनि छ। त्यसमा सरकारले सुरक्षाका सबै विषयहरूलाई हेरेर कुन कारागारमा सार्ने भन्ने निर्णय गर्छ। यो कुरालाई गम्भीरतापूर्वक लिएको छु। थप सकारात्मक रूपमा लिन्छु पनि।’
रुपन्देही कारागारमा रहेका लामिछानेलाई कैदीबन्दीहरुले पाइरहेको सुविधाबाट कुनै बञ्जित नगरेको बताए।
उनले भने, ‘उहाँलाई सानै भएपनि अलग्गै कोठामा राखिएको छ। उहाँलाई लगातार त्यहाँको कारागारको प्रशासनले केही समस्या छ की,केही गर्नुपर्छ की भनेर सोधेकै अवस्था छ। उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन। तर न्यूनतम सुविधाबाट कारागारभित्र प्राप्त हुने सुविधाबाट वञ्चित गरिएको होइन।’

Leave a Reply