बाल सुधार गृहमा सुर्ती खाएको भन्दै जाँच गर्न पुगेका प्रहरीसँग झडप, एकजना घाइते

विराटनगर । विराटनगरको बाल सुधार गृहमा रहेका बालबालिका र प्रहरीबीच झडप भएको छ ।

सुर्ती खाएको आशंकामा प्रहरीले चेकजाँच गर्न थालेपछि विवाद भएको थियो । सुधारगृह प्रमुख गायत्रीप्रसाद ढकालले घटनामा १ जना प्रहरी घाइते भएको बताए । बाल सुधारगृहमा लफडा भएपछि व्यापक प्रहरी परिचालन गरिएको छ ।

त्यहाँ अहिले चारवटै सुरक्षा निकायका प्रमुख पुगेका छन् । केही बालबालिका भागेको हुनसक्ने अनुमान छ । हाल विराटनगर सुधार गृहमा १२ देखि ३२ वर्ष उमेर समूहका २४९ जना राखिएका छन् ।

Comments

One response to “बाल सुधार गृहमा सुर्ती खाएको भन्दै जाँच गर्न पुगेका प्रहरीसँग झडप, एकजना घाइते”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    राज्य आफै भ्रमित छ । वालसुधार का नाममा ३५ वर्षका लफङ्गा राखे पछि झगडा नभएर के हुनु ? १६ वर्ष पुग्ने वित्तिकै जेल स्थानान्तरण गर ! सक्किगो त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *