सोबितालाई एमाले सांसद दीपाको प्रश्न- एउटी महिला बलात्कृत हुनु र झापड खानु कसरी उस्तै हो ?

काठमाडौं । नेकपा एमालेकी सांसद दीपा शर्माले रास्वपाकी सांसद सोबिता गौतमको पुरानो अभिव्यक्तिमाथि प्रश्न उठाएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एउटी महिला बलात्कृत हुनु र झापड खानु कसरी उस्तै हो ? भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘आफूलाई अब्बल कानुन व्यवसायी भन्नुहुन्छ। र आफूलाई नयाँ सुझबुझ गरेर आएको पनि ठान्नुहुन्छ। उहाँको अहिले भाइरल भएको एउटा भिडिओ छ, उहाँले जबसम्म एउटा बलात्कृत महिलाको शरीरमा हानी नोक्सानी भएको छैन भने बलात्कृत हुनु र कसैले झापड हान्नु एउटै हो भन्ने उहाँको अभिव्यक्ति छ।’

उनले सांसद गौतमले भन्न के खोजेको हो ? समाजलाई कता लैजान खोज्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरिन्।

सांसद शर्माले कानून जानेको भन्ने र कानून बनाउने ठाउँमा रहेको एकजना महिला सांसदले बलात्कारजस्तो अपराधलाई सामान्यीकरण गर्न खोजेकोमा आपत्ति जनाइन् ।

Comments

One response to “सोबितालाई एमाले सांसद दीपाको प्रश्न- एउटी महिला बलात्कृत हुनु र झापड खानु कसरी उस्तै हो ?”

  1. Ram Prasad Avatar
    Ram Prasad

    शोविता गौतम लाई सांसद पद वाट वर्खास्त गर्नु पर्छ, तव मात्र तमाम महिला हरु ले न्याय पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *