रुपन्देही । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाको पूर्व उपमेयर उमा काफ्ले एमालेमा फर्किएकी छन् ।
आज उनलाई एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले स्वागत गरेर पार्टी प्रवेश गराएकी हुन् । रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका क्रममा भैरहवा क्षेत्रमा राम्रो जनमत बनाएकी नेतृ काफ्लेलाई पार्टीमा भित्राएपछि सहज भएको एमाले नेताहरुको दावी छ ।
दाङको लमहीमा सुरु भएको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकमा काफ्लेलाई अर्यालले पार्टीमा प्रवेश गराएकी हुन ।
प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको बैठकमा मनोनीत सदस्यको सपथ, अन्तर पार्टी निर्देशन १२ अध्ययन, सचिवालयको निर्णय अनुमोदन, प्रदेश कमिटीमा मनोनयन, वार्षिक कार्ययोजना २०८१ को समीक्षा, वार्षिक कार्ययोजना २०८२ को प्रस्ताव, वडा तथा टोल केन्द्रित अभियानको निरन्तरता र विधान महाधिवेशनको तयारीलगायत एजेन्डामा छलफल भइरहेको छ ।
बैठकका अन्य एजेन्डामा जिल्ला कमिटी, सल्लाहकार कमिटी र विभिन्न विभागहरूको बैठकसम्बन्धी प्रस्तावहरू समेत रहेका छन् ।


Leave a Reply