चितवनको खैरहनीस्थित नापी कार्यालयमा २०८२ साउन २७ गते भएको आपराधिक र पाशविक शैलीको घटनाबाट म व्यक्तिगतरूपमा पीडित भएको भए पनि यसले समग्र राष्ट्रसेवक कर्मचारीलाई त्रसित बनाएको छ । सरकारले खटाएको कामका सिलसिलामा देशका विभिन्न भागमा कार्यरत कर्मचारीका परिवारलाई चिन्तित बनाएको छ । समग्रमा भन्दा आज हीनताबोध र असुरक्षाको भावना छाएको छ ।
ममाथि कार्यकक्षमै भएको दुर्व्यवहार र मोसो दलिएको समाचार राष्ट्रव्यापी भइसकेको छ । यसबारेमा मलाई केही कुरा भन्न मन लाग्यो कृपया पढिदिनुहोला ।
आज म एकदम विक्षिप्त छु । घर परिवारको एक्लो छोरो भएकोले विदेश गएर उतै बस्ने रहर हुँदा हुँदै इन्जिनियरिङ पढाइ सकेर नेपालमै बसेँ । मलाई अवसर जताततै थिए तर, सरकारी सेवामा प्रवेश गरेँ,आफ्नो ठाउँबाट देश र परिवारको लागि केही गरौं भनेर ।
हाल एक सरकारी अड्डाको प्रमुख छु । २४ वर्षको उमेरमा जागिर सुरू गरेको म हाल ३० वर्षमा छु । हालको दिसम्म मैले जानेर वा नियतवस कुनै पनि सेवाग्राहीलाई दु:ख दिने, काममा झुलाउने जस्ता अनैतिक कार्य गरेको छैन । जुन कुरा मेरो संस्कारमा कहिल्यै सिकिन र मलाई त्यस्तो गर्न सिकाइएन पनि ।
मलाई मेरो परिवारसँग बस्नु नै ठूलो कुरा थियो कुनै दिन । तर, यस्ता गिरोहका दुर्व्यवहार र धम्कीका कारण आफ्नो जीवन नै जोखिममा राखेर जागिरमा बस्ने अवस्थामा म छैन । आज सबैथोक छोडेर विदेश जाउँ भन्ने अवस्थामा पुगेको छु । मैले कानूनी उपचार खोज्ने प्रयास जारी राखेको छु, मैले आफन्त र सबैबाट सहयोगको आशा पनि राखेको छु ।
एक महिनाअघि म प्रमुख रहेको कार्यालयमा काम गरिरहेको बेला आफूलाई नेकपा बहुमतको कार्यकर्ता बताउने केही व्यक्तिको समूह मेरो कार्यकक्षमा आएका थिए । उनीहरूले हामीहरू देशमा व्याप्त भ्रष्टाचार निर्मूल गर्न र सुशासन कायम गर्न देशव्यापी अभियानमा छौं, हजुरबाट सहयोग गर्नु पर्यो भने । उनीहरूले मसँग सहयोग मागिएको पत्र समेत दिए । मैले हजुरहरूको अभियानमा मेरो पूर्ण सहयोग छ भनेँ । उनीहरूलाई मैले के सहयोग गर्न सक्छु भन्दा आर्थिक सहयोग गर्नुस् भने ।
उनीहरूले म प्रमुख रहेको नापी कार्यालयका सम्पूर्ण कर्मचारीबाट सहयोग उठाएर दिनुस् भने । चन्दाजस्तो कुरा मनबाट जे जति सकिन्छ गर्ने हो, सबैजनाबाट जे जति संकलन हुन्छ स्वीकार गर्नुस् भनेको थिएँ मैले । तर, त्यो समूहले केही दिनपछि फोनमार्फत अनावश्यक दुःख र धम्की दिने काम गर्न थाल्यो । ५/६ लाख दिनुस् नत्र पार्टीले कारबाही गर्छ जस्तो धम्की दिइरहेका थिए ।
आज (साउन २७) अचानक उक्त समूहका केही व्यक्ति सेवाग्राहीको रूपमा आफ्नो हुलिया छोपेर मेरो कार्यालयमा आएका रहेछन् । म काम गरिरहेको ठाउँमा अचानक छापामार र आपराधिक शैलीमा आएर ममाथि सांघातिक हमला गरे । मलाई कुटपिट गर्दै मेरो शरीरमा मोबिल छ्यापेर उनीहरू भागे । अहिले सोसल मिडियामा प्रविधिको प्रयोग गरी मेरो वर्षदिन पुरानो फोटोमा (जहाँ म मुस्कुराइ रहेको छु) फोटोसप गरेर विभिन्न मिडियामार्फत मिडियाबाजी गरिरहेको छ ।
ममाथिको आरोप के हो ? कुनै आपराधिक र भ्रष्ट गिरोहलाई उनीहरूको कथित भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्ने नाममा कमाउ धन्दा चलाउन भ्रष्टहरूलाई चन्दा नदिनु नै मेरो गल्ती हो ? चन्दा भनेको स्वेच्छिक हुन्छ, न्यून वेतनधारी कर्मचारीले भ्रष्ट गिरोहलाई ५ लाख, ६ लाखसम्म चन्दा कसरी दिन सक्छ ?
अहिले सोसल मिडियामा प्रविधिको प्रयोग गरी मेरो वर्षदिन पुरानो फोटोमा (जहाँ म मुस्कुराइ रहेको छु) फोटोसप गरेर विभिन्न मिडियामार्फत मिडियाबाजी गरिरहेको छ ।
भ्रष्टहरूलाई चन्दा नदिनु नै मेरो अपराध हो भने यो अपराध मबाट सधैँ भइ नै रहनेछ । आज यो प्रश्नले मलाई एकदम विक्षिप्त बनाएको छ । कहा भनूँ ? कसलाई भनूँ ? सरकारी कर्मचारी भनेपछि वास्तविकता नबुझी भिडले कर्मचारीलाई नै गलत भन्छ, अर्काको रगत पसिना लुटेर चन्दा आतंक मच्चाउनेहरूको बारे समाज किन बोल्दैन ?
मेरो अभिभावक भनेको सरकार हो । मैले पदको दुरूपयोग गरेर कुनै गलत काम गरेको छु भने ममाथि छानबिन गर्ने राज्यका सक्षम निकाय छन् । मैले गल्ती गरेको भए ममाथि कारबाही होस् । नत्र एउटा कर्मचारीले चन्दा दिएर यो समाजका अपराधी पाल्न कसरी सक्छ ? यो मेरो प्रश्नको जवाफ कस्ले दिन्छ ?
मलाई मेरो परिवारसँग बस्नु नै ठूलो कुरा थियो कुनै दिन । तर, यस्ता गिरोहका दुर्व्यवहार र धम्कीका कारण आफ्नो जीवन नै जोखिममा राखेर जागिरमा बस्ने अवस्थामा म छैन । आज सबैथोक छोडेर विदेश जाउँ भन्ने अवस्थामा पुगेको छु । मैले कानूनी उपचार खोज्ने प्रयास जारी राखेको छु, मैले आफन्त र सबैबाट सहयोगको आशा पनि राखेको छु । म निःशब्द छु, गल्ती नगर्दा समेत मेरो यो बेइज्जति र ममाथिको दुर्व्यवहारको भरपाई कसरी हुन्छ ? जवाफ समाजले पनि खोजोस्, सभ्य समाजमा यो हदको पशुवत् व्यवहार स्वीकार्न अभिशप्त नबनौं ।
( नापी कार्यालय खैरहनी चितवनका प्रमुख शालिकराम लम्सालमाथि नेकपा बहुमतका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए)

Leave a Reply