आयो बिष्णु माझीको तिज गीत

काठमाडौं । पारखीहरुको पर्खाइलाई अन्त्य गर्दै गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत आज युट्यूवमा अपलोड गरिएको हो ।

सदा झैं यो गीतमा पनि बिष्णुका पति सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको छ । यसपाली पनि उनले तिज गीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु समाएका छन् ।

गीतका शब्दहरु मार्मिक भए पनि लय र भिडिओको अवधारणामा भने नयाँपनको अभाव छ ।भिडिओमा प्रमुख मोडेलको रुपमा ललिता पौडेलले नै अभिनय गरेकी छन्, जो सँधै बिष्णु माझीका पछिल्ला तिज गीतमा लगातार देखिँदै आएकी छन् ।

एउटै मोडल र पुरानो ढर्राको कोरियोग्राफीले गर्दा फरकपनको आभास हुन सकेको छैन । भिडिओ हेर्दा पहिले धेरैपटक हेरेकोजस्तो महसुस हुन्छ । बिष्णु माझीको गायिकीमा उनकै सिग्नेचर स्टाइल छ । उनका पारखीहरु भने पक्कै तृप्त हुनेछन् ।

Comments

One response to “आयो बिष्णु माझीको तिज गीत”

  1. R.P.Aryal Avatar
    R.P.Aryal

    बिष्णु माझिको गित न आउदा सम्म तिज आए जस्तो लाग्दैन । अत्यन्तै मार्मिक छ । नेपाली समाजको प्रतिबिम्बित गरेको छ । मौलिकता मा अझै निखार आएको छ । धन्यवाद छ यो गितका रचनाकार र गायिका लाई । आगामी बर्षहरु पनि यस्तै मर्म स्पर्सी गित ल्याउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *