दुर्व्यवहार गर्नेमाथि कारबाही नभएसम्म खैरहनी नापी कार्यालयका कर्मचारीको पेनडाउन

काठमाडौं । खैरहनी नापी कार्यालय चितवनका कर्मचारीहरुले कार्यालय प्रमुख शालिग्राम लम्सालमाथि दुर्व्यवहार गर्नेहरुलाई कारबाही नभएसम्म पेनडाउन गर्ने निर्णय गरेका छन् ।

मंगलवार चितवन जिल्ला नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै रहेका बेला दुई जनाले दुर्व्यवहार गरेका थिए ।

सोही घटनालाई कार्यालयका कर्मचारी हरले कुटपिट गरी ज्यान मार्ने नियतले लछारपछार गरेको भन्दै कारबाहीको माग गरिएको हो ।

नियमित काम गरिरहेका बेला सेवाग्राहीको रूपमा कार्यालय प्रवेश गरेका व्यक्तिले कर्मचारीमाथि कुटपिट गरी डर र त्रासको वातावरण सिर्जना गर्नु र कानून हातमा लिन खोज्नुले गुण्डाराजको झल्को दिएको कर्मचारीहरूले बताएका छन् ।

उनीहरूले विज्ञप्ति जारी गर्दै अनुसन्धानबाट नाम खुल्न आएका रणदिप गौतम र अटल श्रेष्ठ लगायतलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

उनीहरूलाई कानूनी दायरामा नल्याउँदासम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *