बानियाँलाई विश्वासको मत दिन बहादुरसहित कांग्रेसका १३ सांसद प्रदेश सभा छिरे

हेटौंडा । बागमतीमा कांग्रेसका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री इन्द्र बानियाँलाई विश्वासको मत दिने भएका छन् ।

बहादुर लामासहित १३ सांसद अहिले भर्खरै प्रदेश सभामा छिरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन निर्देशन दिएपछि आफूहरू काठमाडौंबाट फर्किएको एक सांसदले बताए

लामा पक्षका रामकृष्ण चित्रकार भने हाल देशबाहिर छन् । योसँगै बानियाँले विश्वासको मत पाउने निश्चित भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *