काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले रास्वपा र राप्रपाले संसद्को मूल्य मान्यतालाई समाप्त पार्न खोजेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकपछि बोल्दै विपक्षीबाट आवाज उठेपछि सरकारले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गरिसकेको बताए।
उनले भने, ‘संसदीय लोकतन्त्रको विरुद्ध गतिविधि गर्ने शृङ्खला लगातार जारी राख्नुभएको छ। यो व्यवहार आपत्तिजनक र खेदजनक छ। संसद्को मूल बैठक बहिस्कार गर्नुहुन्छ। तर यही सदनले दिएको बिजनेसमा संसदीय समितिमा काम गरिराख्नुभएको छ।’
उनले रास्वपा र राप्रपाका सांसदहरूले संसद् बहिस्कार गरेको नाटक गरिरहेको टिप्पणी गरे। उनले जनता भ्रमबाट मुक्त भइसकेको भन्दै यो व्यवहार करेक्सन गर्न आग्रह गरे।

Leave a Reply