लोसपाका वरिष्ठ नेता अनिलकुमार झाले पार्टी छाडे

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टी छाडेका छन् ।

झन्डै एक वर्षदेखि निष्क्रिय रहेका झाले पार्टीमा गत महिना राजीनामा बुझाएका हुन् । झाले बुझाएको राजीनामा पार्टीले स्वीकृत गरिसकेको लोसपा नेता सुरेन्द्र झाले बताए।

उनले भने, ‘उहाँ एक वर्षदेखि निष्क्रिय हुनुहुन्थ्यो, पार्टी बैठकहरूमा पनि आउन छाड्नुभएको थियो। गत महिना राजीनामा दिनुभएको थियो, पार्टीले स्वीकृत गरिसकेको छ।’

राजीनामा पत्रमा व्यक्तिगत कारणले पार्टी छाड्न लागेको उल्लेख रहेको बताए । ०७४ सालमा रौतहट १ बाट निर्वाचित झा खानेपानी मन्त्री समेत भएका थिए । गएको चुनावमा भने पराजित भएका थिए ।

झाले नेपाल सद्भावना पार्टी ब्युँताउने गृहकार्य गरिरहेको चर्चा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *