काठमाडौं । वातावरण संरक्षण र कार्बन उत्सर्जन न्यूनीकरणका लागि निजी तथा सरकारी क्षेत्रका सरोकारवाला निकायहरूबीच सहकार्यको नयाँ ढोका खोल्ने उद्देश्यले काठमाडौंमा ‘कार्बन परियोजना डिजाइन परामर्श कार्यक्रम’ सम्पन्न भएको छ।
नेपाल ट्रेजर कार्बनको आयोजनामा सोल्टीमोडस्थित होटल सेन्ट्रिक हायातमा भएको कार्यक्रमले वातावरणमैत्री प्रविधिको प्रवर्द्धन र कार्बन व्यापारमा नेपालको सम्भावनाबारे गहन छलफल र परामर्श गरेको छ।
कार्यक्रममा सरकारका चार मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी र विज्ञहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन नेपाल ट्रेजर कार्बनका अध्यक्ष निकेष अधिकारीले गर्दै सरकारसँगको सहकार्य र संस्थाको भावी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले परियोजनाको पारदर्शिता र प्रतिबद्धता स्पष्ट पार्दै सहभागीहरूको जिज्ञासामा उत्तर दिए ।
परामर्शको उद्घाटन गर्दै नेपाल ट्रेजर कार्बनका अध्यक्ष निकेश अधिकारीले स्वच्छ ऊर्जा क्षेत्रमा नेपालको अग्रसर नेतृत्वलाई जोड दिए ।
‘एइपिसिले अहिलेसम्म १३ लाखभन्दा बढी स्वच्छ चुल्हो वितरण गरिसकेका छौ। अरू देशहरू अझै योजना बनाउने चरणमै छन्, तर नेपालले जमिनमै वास्तविक प्रभाव पुर्याइरहेको छ’ उनले भने, ‘कार्बन क्रेडिट केवल उत्सर्जन व्यापारमा सीमित छैन, यसले सफा हावा, स्वस्थ समुदायहरू र ग्रामीण परिवारहरूका लागि प्रत्यक्ष अवसरहरू सिर्जना गर्ने लक्ष्य राख्दछ।’
अन्तर्राष्ट्रिय परियोजना निर्देशक स्टिभन फ्यान ले रुपन्देही र नवलपरासीका ७ स्थानीय तहमा निःशुल्क रूपमा सुधारिएको चुलो वितरण गर्न लागिएको योजना सार्वजनिक गर्दै त्यसले वातावरण तथा मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे प्रष्ट पारे । उनले सुधारिएको चुलोको प्रयोग विधि समेत प्रदर्शन गरे।
काठमाडौं विश्वविद्यालय प्रा डा बेदमणि दाहाल ले नेपाललाई कार्बन व्यापारको अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको बताउँदै, “कार्बनलाई पैसामा रूपान्तरण गर्न सकिने परियोजना” को अवधारणामा जोड दिए । यस्ता परियोजनाले विपन्न समुदायमा प्रत्यक्ष लाभ पुर्याउने उनको धारणा थियो।
त्यसैगरी ब्यास नगापालिका कृषि अधिकृत समीक्षा पोखरेल ले जलवायु परिवर्तनबाट पहाडी क्षेत्र प्रभावित भइरहेका बेला यस्तो परियोजना उपयोगी हुने बताए ।
नेपाल ट्रेजर कार्बन निर्देशक समिक्षा बरालले भने, ‘जलवायु का बहस प्रायः सम्मेलन हलहरूमा सुरु भएता पनि, नेपाल ट्रेजर कार्बन यो लडाइँ भान्सामा लैजाँदै छ—जहाँ नेपालभरिका महिलाहरू घरेलु वायु प्रदूषणका कारण सार्वजनिक स्वास्थ्य संकटको शिकार हुन्छन्।’
नेपाल ट्रेजर कार्बनका कार्यक्रम प्रबन्धक शेखर गौतमले परामर्शलाई विभिन्न क्षेत्रबीच सहकार्य गर्ने एउटा महत्त्वपूर्ण संयन्त्रको रूपमा वर्णन गरे ।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले परियोजनाको उद्देश्यप्रति सकारात्मक समर्थन जनाउँदै सरकारी र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याए।
कार्यक्रमपछि संकलन गरिएका प्रतिक्रिया अनुसार सबै सहभागीहरूले कार्यक्रमको विषयवस्तु, व्यवस्थापन र वक्ताहरूको प्रस्तुति प्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका थिए।

Leave a Reply