काठमाडौं । धरान उपमहानगरपालिकाका हर्कराज राई (हर्क साम्पाङ) ले दलीय निर्देशनलाई मान्यता दिनुपर्ने बाध्यताले बजेट निर्माण विलम्ब भएको बताएका छन् ।
स्रोत अनुमान तथा बजेट तर्जुमा समिति, सदस्यलाई पत्र लेख्दै बजेटको निर्माणमा अपनत्व वहन गर्दै पुर्ण जिम्मेवार भई चाँडै बजेट पास गर्न आग्रह गरेका छन् । बजेट निर्माण नहुँदा नगरपालिकालाई ठुलो कानूनी तथा नैतिक संकट परेको उनको ठहर छ ।
‘सबै सदस्यहरुले बजेटको कार्यमा अपनत्व वहन गर्दै पुर्ण जिम्मेवारी भई चाडै बजेट पास गरौं अन्यथा अवशिष्ट अधिकारको प्रयोग गरी टिप्पणी मार्फत पछि अनुमोदन हुने गरी खर्च गर्ने बाटो खोली जनताको प्रशासन, विकास र सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने एक मात्र विकल्प भएको व्यहोरा जानकारी गराईन्छ,’ उनले पत्रमा लेखेका छन् ।
चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले बजेट ल्याउन उपमहानगरका आकस्मिक, विकासात्मक र नियमित कार्य प्रभावित भइराखेको छ ।


Leave a Reply