कुलिङ पिरियड छेडखानी छानबिन प्रतिवेदन कार्यान्वयनमा सभामुखले थाले पहल

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा भएको त्रुटी सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा छुट्टा छुट्टै छलफल गरेका छन् ।

सोमबार सिंहदरवारस्थित कार्यकक्षमा सत्तारुढ दल नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयसँग घिमिरेले छलफल गरेका हुन् ।

सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्य व्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएका सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधिन रहेको बताउँदै सभामुखले दललाई साझा धारणा बनाउन आग्रह गरेको बताए ।

राज्य व्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवको रुपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै समितिको काम अब धेरै समय रोक्न नसकिने सभामुख घिमिरेले छलफलमा बताएका छन् । नेताले प्रमुख दलको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् ।

सभामुखले गएको शुक्रबार सचिवालयका कानून सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए । सभामुखले अलग-अलग सुझाव लिइसकेर मंगलबार बिहान ११ बजे प्रमुख सचेतकसँग छलफल गर्दै छन् ।

Comments

One response to “कुलिङ पिरियड छेडखानी छानबिन प्रतिवेदन कार्यान्वयनमा सभामुखले थाले पहल”

  1. ksp pyl Avatar
    ksp pyl

    विधेयक चाहिँ राष्ट्रिय सभामा प्रचण्डका भाइले दाइको आदेशमा थन्काइदिए । प्रचण्ड फेरि लाजै नमानी सरकारले विधेयक ल्याएन भन्छ । केपिले विधेयकहरू फटाफट पास गराएर कार्यान्वयनमा लान खोज्दा अरू सबै अड्काउन तल्लिन छन् । निजामति विधेयक त राष्ट्रिय सभामा कमाउने भाँडो बनेको छ पनि भन्न थालेका छन् नि त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *