काठमाडौं । भारतीय बिजनेस कोच एवम् मोटिभेशनल स्पीकर डा. उज्ज्वल पाटनीको नेपालमा पहिलोपटक कार्यक्रम हुने भएको छ ।
नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागितामा, पाटनीद्वारा प्रस्तुत हुने ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ कार्यक्रम भदौ १२ गते काठमाडौंमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
जिनियस टक्सको आयोजनामा हुने यस कार्यक्रमको मुख्य प्रायोजक शिवम् सिमेन्ट रहनेछ ।
कार्यक्रमको जानकारी दिँदै जिनियस टक्सका प्रबन्धक कृष्ण शाहले यस्ता खालका कार्यक्रमले बिजनेशमा थप प्रेरणा र टेवा पुर्याउने बताए ।
पाटनीले आज सम्म १० हजारभन्दा बढी यस्ता खालका सेमिनारहरु गर्दै आएको शाहले जानकारी दिए र उनको काठमाडौं यो पहिलो शो समेत रहेको बताए ।
कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एण्ड मार्केट मार्केटिङ हेड निखिल अग्रवालले ब्यवसायिक क्षेत्रको विकासका लागी विभिन्न क्षेत्रमा ज्ञानरहेका विज्ञहरुको अनुभवले उर्जा प्राप्त हुने र यस्ता खालका कार्यक्रमहरुमा शिवम् सिमेन्ट सहकार्य गर्न तयार रहेको बताए ।
पाटनीले यसअघि भारत तथा अन्य देशहरूमा सञ्चालन गरेका यस्ता कार्यक्रमहरू अत्यन्त सफल र प्रभावशाली सावित भएका छन् ।

Leave a Reply