प्यालेस्टाइनको पक्षमा उभिँदै शक्ति राष्ट्र, अष्ट्रेलियाले पनि स्वतन्त्र राज्यको मान्यता दिने 

काठमाडौं । इजरायलको युद्ध अपराध र आम नरसंहार बढिरहेका बेला विश्वका शक्ति राष्ट्रहरु प्यालेस्टाइन स्वतन्त्रताको पक्षमा उभिन थालेका छन् । अष्ट्रेलियाले आगामी राष्ट्रसंघ महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने पक्षमा मतदान गर्ने भएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बान्सेजले आगामी सेप्टेम्बरको महासभामा अष्ट्रेलियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका हुन् ।उनले भनेका छन्–दुई राज्यको समाधान नै  मानवीय चक्र हो जसले हिंसाको अन्त्य गर्नेछ । गाजामा भोकमरीबाट मानिसहरू मरिरहेका छन्,यसको अन्त हुनुपर्छ । यो अपराधिक द्वन्द्वको अन्त हुनुपर्छ ।

यसअघि क्यानडा,फ्रान्स र संयुक्त अधिराज्य बेलायतले समेत प्यालेस्टाइनलाई एक स्वतन्त्र राज्यको मान्यता दिने प्रस्तावमा सहमति जनाइसकेका छन् । अघिल्लो साता मात्र सिड्नीमा लाखौँ मान्छेले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *