सानिमा बैंकको नाफा ७.२४ प्रतिशतले बढ्यो, २०.४७ प्रतिशत लाभांश क्षमता 

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ७.२४ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेको छ । उक्त नाफा बढेर २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ गरेको छ । यसका साथै बैंकको खराब कर्जा ३.१ प्रतिशत पुगेको छ । यस्तो कर्जा अघिल्लो आवमा १.७२ प्रतिशत थियो ।

बैंकको प्रतिशेयर आम्दानी १८.९३ रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ १६८.८३ रुपैयाँ छ । बैंकको रिटर्न अन इक्विटी ११.७३ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ छ । यस अवधिमा बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख रुपैयाँ गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *