रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा मोटरसाइकल दुर्घटनामा २० वर्षीय युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल सोमबार बिहान मणिग्राममा अनियन्त्रित भई पल्टिएको थियो ।
त्यसक्रममा गम्भीर घाइते भएका भुसालको उपचारको लागि क्रिमशन अस्पताल पुर्याइएकोमा तत्कालै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानी परेकाले सडकमा टायर चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Leave a Reply